१८ श्रावण २०८३, सोमबार

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त



काठमाडौा । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएसँगै सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् ।

न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।