१० श्रावण २०८३, आइतबार

एचआइडीसीएलले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

एचआइडीसीएलले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले ५.२६३ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुष २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।