१८ श्रावण २०८३, सोमबार

मेडिकेयर हस्पिटलले ६३ प्रतिशत लाभांश दिने, हकप्रद र आइपीओ निष्कासनका लागि बोलायो एजिएम



काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा पुष २८ गतेका लागि बोलाएको हो ।

सभा अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा हस्पिटलले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर सहित १४.३४ नगद लाभांश र ४८.८० प्रतिशत बोनस सेयर गरी कुल ६३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

१२ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि पेश हुनेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।