रुसी सेनामा रहेका १ सय भन्दा धेरै नेपाली हराइरहेका छन्ः परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएको १ सयभन्दा धेरै नेपाली हराइरहेको सूचना आएको बताएका छन् ।
उनले रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको बताएका हुन्। यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको उनले बताए ।
मन्त्री साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रबन्ध गरेको पनि जानकारी गराएका छन् ।













