कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने
काठमाडौँ। सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने भएको छ ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘कार्यक्षमता कमजोर भएका नियोग प्रमुखलाई फिर्ता बोलाइने छ’ । उनले अब आफूले कामलाई नतिजामुखी बनाउन लागेको उनको भनाइ छ ।













