व्यवसायी शेखर गोल्छालाई मातृशोक
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई मातृशोक परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छाकी आमाको मंगलबार राती निधन भएको हो ।
उनकी आमा पुखराजदेविको ८४ वर्षको उमेरमा मंगलबार राती नर्भिक अस्पतालमा निधन भएको हो । परिवारस्रोतका अनुसार पिसाब इन्फेक्सनका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको एक हप्तापछि उनको निधन भएको हो । उनको दहासंस्कार आजै दिउँसो पशुपति आर्यघाटमा गरिने भएको छ ।












