अपर हेवाखोला हाईड्रोपावरले पुष मसान्त भित्र साधारण सभा गर्न नसक्ने
काठमाडौँ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले पुष मसान्त भित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।
अपर हेवाखोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले ब्यापक क्षति पु¥याएको र त्यसको पुनः निर्माण कार्य तिव्र गतिमा भइरहेकाले हालसम्म बीमा दाबीको टुङ्गो नलागिसकेको अवस्थामा वार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको बताएको हो ।
सभा गर्नका लागि तीन महिनाको अवधि थप गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृति माग गरेको छ ।













