तीन लघुवित्तसहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
तीन लघुवित्तसहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष १२ गते अन्तिम दिन रहेको छ । सभा तथा लाभांश वितरणका लागि आठ कम्पनीले बुक क्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधीहरुले मात्र लाभांश पाउनेछन् ।
आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुष १३ गते, राधी विद्युत कम्पनीले पुष १५ गते बुकक्लोज गर्दैछन्। यता, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्दैछन्।












