१८ श्रावण २०८३, सोमबार

सरकारले प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय



काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’