बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
काठमाडौँ । गृह मन्त्रालयले बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न समिति बनाएको छ । दुई जनाको मृत्यु हुने गरी भएको घटनामा छानबिन गर्न समिति बनाएको हो ।
उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।
रोजगार अनुमति प्रणाली मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो । जसमा २ जनाको मृत्यु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।













