१८ श्रावण २०८३, सोमबार

जनयुद्ध दिवसको बिदा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसको बिदा दिने निर्णय बदर गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकराले गत वर्ष फागुन १ गतेलाई जनयुद्ध सुरु भएको दिनको सम्झलानमा सार्वजनिक बिदा दिने र राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको थियो ।