एचआइडीसीएलको बुक क्लोजको मिति तय
काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले बुक क्लोजको मिति तय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुष १८ गते बुक क्लोज गर्ने भएको छ । अब पुष १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ। कम्पनीको प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २९ गते साधारण सभा बोलाएको छ ।












