१८ श्रावण २०८३, सोमबार

महिलाले सञ्चालन गरेका उद्योग र व्यवसायलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाले सञ्चालन गरेका उद्योग र व्यवसायलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । मंगलबार महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

महिला अधिकार सुदृढ बनाउनका लागि महिलालाई आयआर्जनमा जोड्न र आत्मनिर्भर बनाउन आवस्यक रहेको उनले बताए । साथै उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्त संवेदनशील मन्त्रालय भएको बताए ।

गरिब परिवारका गर्भवती महिलाले समयमै उपचार नपाएर मर्न पर्ने अवस्थाको अन्त्य गर्ने लाग्न समेत उनले निर्देशन दिए ।