भवन उद्घाटन गर्न प्रधानमन्त्री जाने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकाले आउँदो बिहीवार अर्थात पुष १९ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड आउने भएकाले बिहीवार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।














