१८ श्रावण २०८३, सोमबार

काम सन्तोषजनक नभएको भन्दै नौ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण माग



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नौ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको हो ।

काठमाडौँको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सुर्खेतको न्यु भेरी इञ्जिनियरिङ वर्कसप, भारत नयाँदिल्लीको आराभाली इन्फ्रापावर, काठमाण्डौको प्रनिश इन्टरनेशनल प्रालि, काठमाण्डौकै कोशी निर्माण सेवा, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, उदयपुरको मामा भान्जा निर्माण सेवा, काठमाण्डौको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि र पाँचखाल कन्ट्रक्सन प्रालिलाई स्पष्टीकरण मागेको हो ।

३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएको छ ।