१८ श्रावण २०८३, सोमबार

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचरसम्म २८८ जना माग



काठमाडौँ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिनेछ ।

माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ जना भान्से, १० जना कूचीकारलगायत रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेका र सहायक निरीक्षकका लागि २१ वर्ष पूरा भइ २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।