सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त, एकजनाको मृत्यु
काठमाडौँ । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको जनाएको छ ।
गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आन्दोलनकारीले नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेपछि प्रहरीले गोलि चलाएको हो । बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको जनाइएको छ ।
नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो ।













