नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बोर्डले कम्पनीलाई १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।
हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ ।













