बगरखोला जलविद्युत् : गाउँको स्वरुप नबिग्रने गरी आयोजना बनाउन माग
काठमाडौँ। म्याग्दीको रघुगङ्गा गाउँपालिका –७ चिमखोलावासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन् ।
रघुगङ्गा –७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५.५ मेगावाट क्षमताको बगरखोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ ।
रघुगङ्गा–७ ले मङ्गलवार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण गर्न प्रस्ताव गरिएको उक्त आयोजनाले वातावरणीय र प्राकृतिक स्वरुपमा समेत प्रतिकूल प्रभाव पार्ने निष्कर्ष निकालेको छ ।













