सुपर मादी हाइड्रोपावरको २ आर्थिक वर्षको साधारण सभा सम्पन्न
काठमाडौँ । सुपर मादी हाइड्रोपावर लि को तेर्हौ र चौधौं संयुक्त साधारण सभा पुष २८ गते शनिबार होटेल इम्पेरीयल बत्तीसपुतली, काठमाडौँमा सम्पन्न भएको छ ।
कम्पनिका अध्यक्ष पुष्प ज्योति ढुंगानाको अध्यक्षता मा सम्पन्न सो साधारण सभाले आर्थिक वर्ष २०७८।७९ र आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रतिबेदन पारित गरेको छ । कम्पनिका अध्यक्ष ढुंगानाले कास्की जिल्लाको मादी नदिमा निर्माण भएको ४४ मे. वा. को सुपर मादी जलबिधुत आयोजना निर्माणको अबधिमा आएका विषम परिस्थितिहरुको सामना गर्दै आयोजनालाइ छोटो समय र तुलनात्मक रुपमा कम लागतमा नै निर्माण सम्पन्न गरिएको बताए ।
आयोजना संचालनको ३ महिनाको अबधिमा नै गत आर्थिक वर्ष को मुनाफाबाट शेयरधनीहरु को लागि २ प्रतिशत को लाभांश वितरण गर्ने प्रस्ताब सभाले पारित गरेको छ ।













