७ श्रावण २०८३, बिहिबार

६ महिनामा २६ अर्ब ३४ करोड वैदेशिक लगानी प्रतिबद्धता, लाभांश बापत बाहिरियो डेढ अर्ब  



काठमाडौँ । ६ महिनामा ३४ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।  चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिना २६ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । 

उद्योग विभागबाट प्राप्त चालु आवको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । स्वीकृत लगानीमा २२ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नै रहेको छ । बाँकी ४ अर्ब १ करोड ३ लाख रुपैयाँ भने सेयर पर्चेच एग्रीमेन्ट तथा सेयर सस्क्रीब्सन एग्रीमेन्टबापत प्रतिबद्धता आएको हो । 

विभिन्न प्रकृतिका २५४ उद्योगमा सो बराबरको लगानी प्रतिबद्धता आएको हो । त्यसमा २११ साना, १२ मझौला र ३ ठुला उद्योग छन् । तथ्यांकअनुसार पर्यटनमा १०३, आईटीमा ७, उद्योगमा २३, मिनिरलमा २, सेवामा ८३, पूर्वाधारमा ४, कृषिमा ४ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । यी उद्योग स्थापना भएपछि १२ हजार १६७ वटा रोजगारी सिर्जना हुनेछ । 

कति गयो लाभांश ? 

समीक्षा अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताले १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ नगद लाभांश लगेका छन् । पुसमा मात्रै ८ करोड ७३ लाख ६७ हजार रुपैयाँ लाभांश स्वीकृत भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

लाभांश रकम गएको वर्षको तुलनामा भने घटेको छ । गत आवको पुस मसान्तसम्म विदेशी लगानीकर्ताले १० अर्ब ९९ करोड ८९ लाख ९ हजार लाभांश लगेका थिए । तर, यो ६ महिनामा त्यसको तुलनामा निकै कम लाभांश लगेको देखिन्छ । 

यसैगरि रोयल्टी मार्फत पनि धेरै रकम बाहिरिएको छ । नेपालीमा रुपैयाँमा १ अर्ब ४ करोड १६ लाख, डलरमा १५ लाख १५ हजार, भारतीय रुपैयाँमा ५३ करोड २६ लाख ५९ हजार र युरोमा १३ हजार ६०० बराबरको रोयल्टी बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस्