८ श्रावण २०८३, शुक्रबार

फेरि महँगियो सुन, प्रतितोला कति बढ्यो ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ। आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य वृद्धि भएको हो ।

आज प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार भने १ लाख १७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार भने चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्