अर्थतन्त्र लयमा आएको प्रचण्ड सरकारको भनाइप्रति पूर्व अर्थमन्त्री डा. लोहनीको ‘काउन्टर’
काठमाडौं । पूर्व अर्थमन्त्री एवम् राप्रपाका नेता डा. प्रकाशचन्द्र लाहनीले सरकार असफल भएको बताएका छन् । मंगरलबार सामाजीक सञ्जाल फेसबुक मार्फ डा. लोहनीले प्रचण्ड सरकार असफल भएको बताएका हुन् ।
उनले सरकारले भनेजस्तो अर्थतन्त्र लयमा नआएको बताएका छन् । डा. लोहनीको विचार जस्ताको तस्तै :-
अर्थतन्त्र लयमा आएको र सरकार सफल भएको दाबी प्रचण्ड सरकारको छ । यो कस्तो लय र सफलता हो जहाँ,
(१) राजस्वले साधारण खर्च धान्न पुग्दैन ।
(२) देश मन्दीमा छ तर सरकार पुँजीगत खर्च गर्न असाधारण रुप मा असफल छ ।
(३) ब्याजदर घटेको छ तर लगानीकर्ताहरु बैंकसँग लगानीको लागि ऋण लिन तयार छैनन् ।
(४) बैदेसिक सहायता उपलब्ध छ तर त्यसलाई खर्च गर्ने क्षमता सरकारसँग छैन ।
(५) देशभित्र रोजगारि वृद्धिको कुरा छ, तर देशै युवा बिहिन हुने डर बढेको छ ।
(६) बजेट बैज्ञानिक बनाउने गफ छ, तर हरेक छ महिनामा बजेटमा व्यापक संसोधन अब अर्थमन्त्रीको सफलताको नयाँ मापदण्ड बनेको छ ।
(७) बिद्युत निर्यातको गफ छ, तर उद्योग करिडोरमा आठ घण्टा बिजुली कटौती को खबर ब्याप्त छ ।
(८) शासनमा पारदर्शिताको कुरा हुन्छ, तर भारतसँग प्रधानमन्त्री प्रचण्डले उर्जा सम्बन्धि कस्तो सर्तको सम्झौता गर्नुभयो भनेर संसदलाई सम्म पनि जानकारी दिइएको छैन । आश्चर्य के छ भने यसबारे एक शब्द प्रतिपक्ष पनि अवाज उठाउँदैन ।
(९) सरकारी ठेक्का दिने पनि अब नीतिगत निर्णय भनेर मन्त्रीहरुलाई कानुनभन्दा माथि राख्ने काममा नयाँ अग्रगामी उचाई हासिल भएको छ ।
(१०) समष्टीमा हेर्दा देश नालायक र भ्रष्टहरुको हातमा छ जसको लागि सत्ता जनता भन्दा धेरै माथि छ । अब यसरी कति दिन चल्ने ? चल्दैन । अब नेपाली जनता ले आन्दोलन नगरी हुँदैन ।













