४.४ मेगावाटको राधी हाइड्रोपावरले थाल्यो ७ महिनापछि विद्युत उत्पादन
काठमाडौं । राधी विद्युत कम्पनीदरा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ ।
४.४ मेगावाटको आयोजना गत असार २२ गते अविरल रुपमा भइरहेको वर्षाका काराण आएको बाढी र पहिरोले क्षति पुर्याएको थियो । सो पहिरोका कारण आयोजनाको डेडवर्क्स र हेडरेस पाइमा क्षति पुगेको थियो ।
त्यस यता अर्थात् गत असार २२ गते राती ९ बजेबाट आयोजना बन्द छ । तर, हाल उक्त समस्याको समाधान गरि फागुन ६ गतेदेखि पुन: संचालनमा आएको छ । उक्त आयोजनाको फागुन ५ गते शनिबार टेस्टिङ्ग भएको थियो । क्षति भएको ७ महिनापछि फेरि विद्युत उत्पादन सुरु गरेको हो ।













