धितोपत्र बोर्डमा अध्यक्ष छान्न तयार भएको कार्यविधि कस्तो ?
धितोपत्र बोर्डमा अध्यक्ष छान्न तयार भएको कार्यविधि कस्तो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिको लागि कार्यविधि तयार भएको छ । बोर्ड अध्यक्ष सिफारिस गर्न गठन भएको समितिले कार्यविधि तयार गरेको हो ।
अब रिक्त बोर्ड अध्यक्षको लागि सोही कार्यविधि अनुसार नै उपयुक्त उम्मेदावरको नाम सिफारिस गर्ने प्रयोजनका लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन हुनेछ । त्यसपछि उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् ।
कार्यविधि अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नाकोत्तर उपाधि हासिल गरि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
यस्तो छ कार्यविधि













