मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ९.७५ प्रतिशत बापतको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो ।

बैंकको ६२ लाख ६० हजार ३७७ दशमलव ७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्