नौं महिनापछि पुन: संचालनमा आयो ९.९४ मेगावाटको काबेली बी–१ क्यासकेड आयोजना
काठमाडौं । काबेली बी–१ क्यासकेड आयोजनाको क्षतिग्रस्त संरचना मर्मत कार्य सकिएको छ । ९.९४ मेगावाटको आयोजना गत जेठ ३२ गते राती आएको बाढी पहिरोको कारण क्षतिग्रस्त भएको थियो ।
मुख्य संरचनामा क्षति पुगेपछि जेठ ३२ गतेदेखि विद्युत उत्पादन पूर्ण रुपले बन्द रहेको थियो । तर, हाल क्षतिग्रस्त संरचनाको मर्मत कार्य सकिएपछि पुन: संचालनमा आएको छ । उक्त आयोजना फागुन २७ गतेदेखि संचालनमा आएको कम्पनी सचिव रञ्जु अधिकारीले जानकारी दिइन् ।












