सेयर बजारको ओरालो यात्रा, खुम्चिँदै कारोबार रकम - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेयर बजारको ओरालो यात्रा, खुम्चिँदै कारोबार रकम



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । बिहीबार बजार २७.८४ अंकले घटेको हो । बुधावर पनि बजार २.४८ अंकले घटेको थियो ।

बिहीबार बजार परिसूचक २०८० दशमलव ८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूह राताम्य बनेका छन् ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ४ अर्ब माथि रहेको कारोबार रकम आज भने घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ कायय भएको छ। उक्त दिन १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच भएको छ।

आज अपर तामाकोशीको सर्वाधिक सेयर किनबेच भएको छ। उक्त दिन कम्पनीको ५० करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको शिवम सिमेन्टको २४ करोड ४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सोनापुर मिनिरल्सको १६ करोड २४ लाख र गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्