सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १७.३० अंकले घटेको छ ।
उक्त दिन बजार २०१८ दशमलव ३३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। आज निर्जीवन बीमा समूह १३.१३ अंकले वृद्धि भएको छ। यी बाहेकका सबै समूहहरु राताम्य बनेका छन् ।
उक्त दिन कारोबार रकम भने ३ अर्ब नाघेको छ । आज ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँ बराबरको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच भएको छ।
उक्त दिन सबोत्तम सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । उक्त दिन कम्पनीको सर्वाधिक २८ करोड ६८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको १२ करोड ५६ लाख ६२ हजार बराबरका्े सेयर किनबेच भएको छ । यस्तै, शिवम सिमेन्टको ११ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।













