कसरी बढ्यो एशियन हाइड्रोपावरको नोक्सानी ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कसरी बढ्यो एशियन हाइड्रोपावरको नोक्सानी ?



काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी अझै पनि नोक्सानीमै देखिएको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखिएको हो ।

चालु आवको ९ महिनामा ४ करोड ८८ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले २ करोड ५० लाख ४३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । सो अवधिमा कम्पनीको नोक्सानी थप बढेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको गिरावटले नै नोक्सानी बढेको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने १७.८८ प्रतिशत घटेर ९ करोड ४३ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

तर, कम्पनीको वित्तीय खर्चमा भने कमी देखिएको छ। चालु आवको ९ महिनामा कम्पनीको वित्तीय खर्च ८ करोड १७ लाख २८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने यस्तो खर्च ८ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष पनि ६८ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ३७ पैसा ऋणात्मक छ । यता, प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ ९९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्