विद्युत बिक्री आम्दानी घटेपछि थप नोक्सानीमा सामलिङ हाइड्रोपावर, इपिएस पनि ऋणात्मक
काठमाडौं । सामलिङ हाइड्रोपावर कम्पनीको पनि नोक्सानी बढेको छ । ९ महिनामा कम्पनीले झन्डै २ करोड नोक्सानी व्यहोरेको छ ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १ करोड ९९ लाख २१ हजार रुपैयाँ रुपैयाँ घाटा व्यहोरेको छ । गत आवको चैत मसान्तसम्ममा पनि कम्पनी ८५ लाख रुपैयाँ नोक्सानीमा थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सानी थप बढेको हो । कम्पनीको विद्युत बिक्री आम्दानी ५.०४ प्रतिशत बढेर १९ करोड ५५ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले २० करोड ५९ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो ।
यस्तै, कम्पनीले ९ महिनामा १३ करोड ३६ लाख रुपैयाँ वित्तीय खर्च गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ। यता, जगेडा तथा कोषमा भने ४ करोड ४१ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ३१ पैसा ऋणात्मक छ । यता, प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ८४ पैसा छ ।













