११ श्रावण २०८३, सोमबार

मौद्रिक नीतिको समिक्षाः छाेएन सेयर बजारलाई

मौद्रिक नीतिको समिक्षाः छाेएन सेयर बजारलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको छ । तर, सेयर बजारमा भने राष्ट्र बैंकले लचिलो नीति लिएको छैन ।

विशेषगरि लगानीकर्ताहरुको मागलाई मौद्रिक नीतिले कुनै पनि सम्बोधन गरेको छैन । लगानीकर्ता सेयर धितोको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग राख्दै आएका थिए । तर, राष्ट्र बैंकले उनीहरुको मागलाई कुनै पनि सम्वोधन नगरेको हो ।