७ श्रावण २०८३, बिहिबार

कुल आयातको २० प्रतिशत इन्धनमा खर्च, सुन र स्मार्टफोनमा झुम्मिए नेपाली



काठमाडौँ । नेपालले विगत १० महिनामा २ खर्ब ५६ अर्ब ८२ करोडभन्दा बढीको इन्धन आयात गरेको छ । यो कुल आयातको १९.७ प्रतिशत हो ।

डिजेल, पेट्रोल, खाना पकाउने (एलपी) ग्यास, कोइला, हवाइ इन्धन र मट्टितेलमा यति ठूलो रकम खर्च भएको देखिएको छ ।

सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै निजी कारको आयातमा भारी मात्रामा राजस्व छुट दिए पनि उक्त नीतिले काम गरेको देखिँदैन ।

बरु यसबाट सरकारलाई वार्षिक ४० अर्ब घाटा भइरहेको अर्थमन्त्रीले बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस् :

भन्सार विभागले सार्वजनिक गरेको ताजा विवरणले स्मार्टफोन, औषधि र सुनको आयात पनि चुलिएको देखाएको छ ।

वितेको १० महिनामा करीब ५२०० वस्तु नेपालले आयात गरेको छ । त्यसमध्ये केवल १० वस्तुको आयातमा मात्रै ३० प्रतिशत हाराहारी खर्च गरेको देखिएको छ ।

गत साउनदेखि वैशाखसम्म नेपालमा आयात भएका प्रमुख १० वस्तुको आयात मूल्य (रकम रू. हजारमा)


प्रतिक्रिया दिनुहोस्