९९० किलोवाटको तल्लो पिलुवा खोलाबाट विद्युत उत्पादन सुरु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

९९० किलोवाटको तल्लो पिलुवा खोलाबाट विद्युत उत्पादन सुरु



काठमाडौं । शुभप पावर लिमिटेडले विद्युत उत्पादन सुरु गरेको छ । कम्पनीले निर्माण गरि संचालनमा रहेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना (९९० कि.वा. ) बाढीले व्यापार क्षति पुर्याएको थियो ।

गत वर्ष २०८० असार २ गते आएको बाढी उक्त आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको थियो । तर, आयोजना पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र मर्मत सम्पन्न भएको छ। योसँगै जेठ २२ गते मंगलबारदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्