बजारमा अधिक तरलता प्रभावः बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा अधिक तरलता बढ्न थालेको छ । बजारमा तरलता बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न लागेको हो ।
राष्ट्र बैंकले बजारबाट ४० अर्ब खिच्ने भएको छ । आज शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।
राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपियाँ खिचेको थियो ।













