नेपालमा देखिएन लगानीको आर्कषण, १२ आयोजनामा आशय माग्दा दुई वटामा मात्रै प्रस्ताव
काठमाडौं । नेपालमा लगानीको आकर्षण देखिएको छैन । तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिएकामध्ये दुई २ वटा परियोजनामा मात्रै लगानीको प्रस्ताव परेको छ । गत बैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनमा लगानी बोर्डले १२ वटा परियोजनामा अन्तर्राष्ट्रिष्य आशायपत्र आह्वान गरेको थियो । तर, त्यसमध्ये २ वटा परियोजनामा मात्रै लगानीको प्रस्ताव गरेको बोर्डले जनाएको छ ।
‘तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिएका १२ वटा परियोजनाहरुमध्ये ८ वटा परियोजनाहरु पेश भएका आशयपत्र खोल्ने कार्य सम्पन्न भएको छ । ८ वटा परियोजनामध्ये दुई वटा परियोजनामा मात्रै आशयपत्रहरु पेश भएका छन्’, बोर्डले भन्यो ।
उपसचिव तथा लगानी बोर्डका सहप्रवक्ता रहेका रमेश अधिकारीका अनुसार ८ वटा वटा परियोजनामध्ये जानकी हेरिजेटज होटल एण्ड कल्चरल भिलेज र बबरमहल एडमिनिष्ट्रेटिभ प्लाजामा मात्रै आयशयपत्र पेश भएका हुन् ।
आशयपत्र खोलिएका ८ वटा परियोजनाहरु जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज, बबरमहल एडमिनिष्ट्रेटिभ प्लाजा, पोखरा इन्टरनेशनल कन्भेक्सन सेन्टर, चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदुरपश्चिम पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, दैजी अद्योगिक पार्क र गौतम बुद्ध म्याटर्निटी हस्पिटल रहेका थिए । तर, यो मध्ये जानकी हेरिटेज र बबरमहल प्रशासनिक भवनका लागि आशयपत्र पेश भएको हो ।
जानकी हेरिटेज बनाउन काठमाडौंको ताहाचलस्थित सोल्टी सिबक्रिम प्रालिले आशय पेस गरेको छ । सोल्टी सिबक्रिम कम्पनी सोल्टी होटेलको साझेदार लगानीकर्ता पनि हो । जानकी हेरिटेज परियोजनाको अनुमानित लागन २ अर्ब ३५ करोड रुपैयाँ छ ।
यस्तै, बबरमहल एडमिनिष्ट्रेटिभ प्लाजा निर्माण गर्न काठमाडौंकै गन्सु एसएस ल्यान्डमार्कले आशयपत्र पेस गरेको बोर्डले जनाएको छ । उक्त प्लाजाको अनुमानित लागत १० अर्ब २० करोड रुपैयाँ रहेको छ।
बाँकी चार वटा परियोजनाहरुको आशयपत्र पेश गर्ने म्याद भने बाँकी नै छ । नौमुरे मल्टीप्रपोज प्राजेक्ट (२८१.०४ मे.वा.), कालिगण्डकी–२ स्टोरेज हाइड्रोपावर (६५० मे.वा.), खिम्ती थोसे शिवालय स्टोरेज हाइड्रोपावर प्रजोजक्ट (१२१६ मे.वा.) र भारभुङ स्टोरेज हाइड्रोपावर प्रोजेक्ट (३३७.१ मे.वा.) मा अझै आशयपत्र पेश भएको छ । यद्यपि, यी परियोजनामा आशयपत्र पेश गर्न म्याद अझै बाँकी छ । यी परियोजनामा आउँदो असार २८ गते दिनको १२ बजेसम्म पेश गर्न सकिने छ ।
सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम तेस्रो लगानी सम्मेलनमा परियोजनाहरु सोकेश गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समिति गठन भएको थियो । समितिको सिफारिस बमोजिम कुल १९ वटा परियोजनामा आशयपत्र आह्वान गरिएका थियो । त्यसमध्ये बोर्डको कार्यक्षेत्र भित्र पर्ने १२ दर्जन परियोजनाहरुको आशयपत्र पेश गर्न दिइएको म्यादमा पनि एक महिना थप गरिएको थियो ।













