एक वर्षपछि हेवा खोला साना जलविद्युत आयोजनाले पुनः थाल्यो विद्युत उत्पादन
काठमाडौं । ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन सुरु गरेको छ । बाढीका कारण बन्द रहेको उक्त आयोजनाले गत शुक्रबार (असार २१ गते) देखि विद्युत उत्पादन सुरु गरेको हो ।
मर्मतपछि पुनः विद्युत उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । बरुण हाइड्रोपावरले निर्माण गरी सञ्चालन गरेको उक्त आयोजना मर्मत सम्भारपछि पूर्ण रुपमा सञ्चालनमा आई पुनः विद्युत उत्पादन सुरु भएको छ।
गत वर्षको असार २ गते आएको बाढीले आयोजनाको विभिन्न संरचनाहरु व्यापक क्षती पुर्याएको थियो । त्यसपछि विद्युत आयोजनको विद्युत उत्पादन बन्द भएको थियो । तर, गत शुक्रबारदेखि भने पुनः पूर्ण रुपमा विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।













