को हुन् एकै पटक संस्थापक सेयर बिक्री गर्न लागेका सांग्रिला डेभलपमेन्टका चार जना सेयरधनीहरु ?
को हुन् एकै पटक संस्थापक सेयर बिक्री गर्न लागेका सांग्रिला डेभलपमेन्टका चार जना सेयरधनीहरु ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा आएको छ।
बैंकका संस्थापक हेमसागर ढुंगानाको नाममा ३३ हजार ३९६ कित्ता, बेला प्रसाद गौचनको नाममा रहेको २४ हजार ८५४ कित्ता, धन काजी गुरुङको नाममा रहेको १० हजार ५१७ कित्ता र सति देवी शेरचनको ६ हजार ९०५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि बैंकमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार ३१ गते) ले ३५ दिनभित्र आवेदन पर्नेछ ।
तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएकोछ ।













