नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले आफ्ना १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापकहरुको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मिति (साउन ३ गते) ले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।













