११ श्रावण २०८३, सोमबार

जहाज दुर्घटना : चालक दलसहित १९ जना थिए यात्रु



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान पूर्वतर्फ रन वे २० मा दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्यको उद्धार गरी सिनामंगलको केएमसी अस्पताल पठाइएको छ ।

उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । अहिलेसम्म कति शव भेटियो भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।

सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । जहाजमा अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए ।