सौर्य विमान दुर्घटना : १५ जनाको शव निकालियो, ४ जनाको जिवितै उद्धार
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको शव निकालिएको छ ।
विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ ।
उद्धार गरिएका ४ मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।













