एशियन हाइड्रोपावरको नोक्सीनी बढ्यो, इपिएस पनि ऋणात्मक - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एशियन हाइड्रोपावरको नोक्सीनी बढ्यो, इपिएस पनि ऋणात्मक



काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीको नोक्सानी झन् बढेको छ । एक वर्षमा कम्पनीको नोक्सानी झन्डै डेढ करोड बढेको छ।

कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्ला आवमा कम्पनी ४ करोड २२ लाख ७६ हजार रुपैयाँ नोक्सानीमा थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनीको नोक्सानी १ करोड ३५ लाख बढेर ५ करोड ५८ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको गिरावटसँगै नोक्सानी बढेको हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ८७ लाख ९४ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, गत वर्ष १२.२७ प्रतिशत घटेर १३ करोड ५ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्ष कम्पनीको संचालन नाफा पनि २ करोड रुपैयाँ घटेर ५ करोड २४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीले ७ करोड २६ लाख रुपैयाँ संचालन नाफा गरेको थियो ।

हाल कम्पनीको ३४ करोड रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोष भने १ करोड ३७ लाख ऋणात्मक छ। यता, कम्पनीको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ४१ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा धनात्मक छ।


प्रतिक्रिया दिनुहोस्