स्थानीय तहको स्वमूल्यांकन प्रतिवेदन : वित्तीय तथा आर्थिक व्यवस्थापनमा मदेश प्रदेशका पालिका सबैभन्दा कमजोर
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकालाई पुरस्कृत गरिएको गरेको छ ।
मन्त्रालयका अनुसार उत्कृष्ट ठहरिएका नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही), रत्ननगर नगरपालिका (चितवन), बेनिघाट गाउँपालिका (धादिङ), रुरुक्षेत्र गाउँपालिका (गुल्मी) र ईन्द्रवती गाउँपालिका (सिन्धुपाल्चोक) पुरस्कृत गरिएको हो । यी पालिकालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । यद्यपि स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको थियो ।
मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थानम वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य तथा समन्यवको आधारमा स्वमुल्यांकन प्रतिवेदन तयार गरेको हो ।
वित्तीय एवं आर्थिक व्यवस्थापनमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका, गुल्मीको मदने गाउँपालिका, बाग्लुङको गल्कोट गाउँपालिका, कास्कीको मादी गाउँपालिका र झापाको झापा नगरपालिका अगाडि देखिएको छ । यी पालिकाले समान ११ अंक ल्याएका छन् ।
वित्तीय तथा आर्थिक व्यवस्थापनमा सबैभन्दा कमजोर पालिका मदेश प्रदेशमा देखिएको छ । उक्त प्रदेशका अधिकांश पालिकाले ५ भन्दा कम अंक ल्याएका छन् । वित्तीय तथा आर्थिक व्यवस्थापनमा सबैभन्दा कम अंक ल्याउने महोत्तरीको सोनमा गाउँपालिका रहेको छ । जसले एक अंक मात्र प्राप्त गरेको छ । त्यस्तै, बाराको सिम्रौनगढ नगरपालिकाले २.७५ अंक र गढीमाई नगरपालिका २.५ अंक मात्र मात्र प्राप्त गरेको छ ।
वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा इलामको सन्दकपुर गाउँपालिका सबैभन्दा अगाडि देखिएको छ, भने पर्साको धोबिनी गाउँपालिका सबैभन्दा पछाडि देखिएको छ । यी दुई पालिकाले क्रमशः ११ र २.७५ अंक ल्याएका छन् ।
सूची हेर्नुहोस्













