रिभर फल्स पावरको प्रगति : १८ करोडको बिजुली बेच्यो, खुद नाफा ६ करोड बढी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रिभर फल्स पावरको प्रगति : १८ करोडको बिजुली बेच्यो, खुद नाफा ६ करोड बढी



काठमाडौं । रिभर फल्स पावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानीमा रहेको कम्पनी गत वर्ष नाफामा पुगेको हो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर १८ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

सो अवधिसम्ममा कम्पनीको अन्य आम्दानी १४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च १८ करोड ४४ लाख रुपैयाँ रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९ लाख ९४ हजार रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ १४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.८७ गुणा रहेको छ।

कम्पनीले २०८० साउन २५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको हो।


प्रतिक्रिया दिनुहोस्