म्युचुअल फन्डहरुको धमाधम लाभांश घोषणा, कसले कति दिने भए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

म्युचुअल फन्डहरुको धमाधम लाभांश घोषणा, कसले कति दिने भए ?



काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

फन्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् । हालसम्म डेढ दर्जन फन्डहरुले नगद लाभांश घोषणा गरेका हुन् । हालसम्म १७ फन्डहरुले आफ्ना इकाईधनीहरुलाई ४ प्रतिशतदेखि १५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् ।

हालसम्म शुभलक्ष्मी कोषले ७.५ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत, लक्ष्मी उन्नती कोषले ७.५ प्रतिशत लाभांश दिने भएका छन् ।

यस्तै, एनआइसी एशिया सेलेक्ट फन्ड–३० ले १४ प्रतिशत, एनआइसी एशिया फ्लेक्जी क्यापले १०.५० प्रतिशत, एनआइसी एशिया ब्यालेन्स फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया डायनामिक डेब्टले १० प्रतिशत र एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यता, सनराइज फस्ट म्युचुअल फन्डले १२.५० प्रतिशत, सनराइज फोकस्ड इक्विटीले ४.५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ७ प्रतिशत, कुमारी इक्वीटि ९.५ प्रतिशत, कुमारी धनवृद्धि ९.५ प्रतिशत र कुमारी सुनौलो योजनाले १०.५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

त्यसैगरि सानिमा इक्विटी फन्डले पनि गत आवको मुनाफाबाट आफ्ना इकाईधनीलाई १५ प्रतिशत, सानिमा लार्ज क्याप १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्