थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। सोमबार नेपाल पुनर्बीमा कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्