बरुण हाइड्रोपावरले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बरुण हाइड्रोपावरले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले २१ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा आगामी असोज १३ गते लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद शेयर अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्