बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ।


हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले अगामी असोज १८ गते नवौँ वार्षिक साधारण सभा बोलाएको हो।


१ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट कम्पनीले स्वीकृती पाइसकेको छ । सभामा हकप्रद निष्कासन सम्बन्धि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्