नबिल फ्लेक्सी क्याप फन्डको प्रतिफल घोषणा
काठमाडौं । नबिल फ्लेक्सी क्याप फन्डले लाभांश घोषणा गरेको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना उक्त फन्डले यो वर्ष आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो । फण्डले करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।
लाभांश वितरण प्रयोजनार्थ फण्डले आज अर्थात् भदौ २६ गते नै बुकक्लोज गर्ने भएको छ । मंगलबारसम्म कायम रहेका इकाईधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । फण्डको कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ।













