चार वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसले कति दिँदैछन् लाभांश ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चार वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसले कति दिँदैछन् लाभांश ?



काठमाडौं । चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

आज एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड् फण्डको प्रतिफल आजसम्म सुरक्षित गर्न सकिने छ । प्रतिफल वितरण प्रयोजनका लागि यी चार वटा फन्डहरुले भोलि अर्थात् भदौ २८ गते शुक्रबार बुक क्लोज गर्दैछन् ।

एनआईसी एशिया सेलेक्ट ३० फण्डले कर सहित १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत (कर सहित), एनआईसी एशिया ग्रोथ फण्डले कर सहित ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्